neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

चेल्सीको जितमा पुलिसिचले गरे दुई गोल

Apr 11th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत २९

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।शनिबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ४-१ गोलले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन क्रिश्चियन पुलिसिकले दुई गोल ,काइ हावर्टज र कर्ट जौमाले एक-एक गोल गरे ।क्रिस्टल प्यालेसका क्रिस्टियन बेन्टेकेले एक गोल फर्काए ।

खेलको आठौं मिनेटमा चेल्सीका काइ हावर्टजले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको दुई मिनेट पछि क्रिश्चियन पुलिसिकले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ३० औं मिनेटमा कर्ट जौमाले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

दोस्रो हाफको ६३ औं मिनेटमा क्रिस्टल प्यालेसका क्रिस्टियन बेन्टेकेले गोल गर्दै ३-१ को स्थितिमा ल्याए ।

त्यसपछि ७८ औं मिनेटमा क्रिश्चियन पुलिसिकले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-१ को सानदार जित दिलाए ।

जितसंगै चेल्सीले ३१ खेलबाट ५४ अंक जोडेको छ र चौंथो स्थानमा छ । पराजित क्रिस्टल प्यालेसको ३१ खेलबाट ३८ अंक छ र १३ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi