neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बार्सिलोनालाई पराजित गर्दै रियल शीर्ष स्थानमा

बार्सिलोनालाई पराजित गर्दै रियल शीर्ष स्थानमा

Apr 11th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, चैत २८


स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गएराति भएको खेलमा रियलले बार्सिलोना २-१ गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

रियल मड्रिडलाई जित दिलाउन करीम बेंजामा र टोनी क्रोसले एक-एक गोल गरे। बार्सिलोनाका ओस्कार मिन्गुएजाले एक गोल गरे ।

खेलको १३ औँ मिनेटमा करीम बेंजामाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको २८ औँ मिनेटमा टोनी क्रोसले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ६० औँ मिनेटमा बार्सिलोनाका ओस्कार मिन्गुएजाले गोल गर्दै २-१ को स्थितिमा ल्याए ।त्यसपछि कुनै गोल हुन सकेन र रियलले जित निकालेको हो ।

खेलको ९० औँ मिनेटमा रियल १० खेलाडीमा समेटिएको थियो ।रियलका केसमिरोले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

जितसँगै रियलले ३० खेलबाट ६६ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ ।पराजित बार्सिलोनाको ३० खेलबाट ६५ अंक छ र तेस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi