neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिता शुरु

उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिता शुरु

Apr 10th, 2021

भक्तपुर, २८ चैत /रासस

मध्यपुरथिमि नगरपालिकामा उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता शुरु भएको छ । ओेस्ला नेपालको आयोजना तथा मध्यपुरथिमि नगरपालिकाको सहयोगमा मध्यपुरथिमिको बालकुमारीमा भएको प्रतियोगिताको आज मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा उहाँले मध्यपुरथिमि नगरपालिकाले धिमे बाजा, मुस्या बाजा, बाँसुरी बाजालगायत ऐतिहासिक जात्रा पर्वका लागि अत्यावश्यक बाजाको संरक्षणमा नगरपालिकाले टेवा पु¥याउँदै आएको बताउनुभयो । मूर्त तथा अमूर्त कला, संस्कृतिको संरक्षण एवं विकासमा मध्यपुरथिमि नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको चर्चा गर्दै उहाँले नयाँपुस्तालाई पनि कला, संस्कृति तथा बाजाको संरक्षणमा सहभागी गराउनुपर्नेमा जोड दिनुभयो ।

मध्यपुरथिमि नगरपालिकाले आफू आएपछि २५ वटा ऐतिहासिक पोखरीको संरक्षण गरेको, बिस्केट जात्राका लागि पोखरीमा पानी भरेको, मठ, मन्दिर पाटीलगायत पुनःनिर्माण एवं संरक्षण गरिएको बताउनुभयो । कला, संस्कृतिको संरक्षणमा मध्यपुरथिमि अगाडि रहेको चर्चा गर्दै उहाँले फोहर फाल्ने पाखो र ठाउँमा पार्कलगायत आकर्षक ठाउँ बनाउन सफल भएको भनाइ राख्नुभयो ।

नेवार समुदायको कला, संस्कृतिको महत्व बोकेको बिस्काः जात्रालाई प्रशासनले रोक्ने दुस्प्रयास गरेको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो । “नेवार समुदायको कला, संस्कृति र पहिचान बोकेको वर्षांैदेखि चल्दै आएको बिस्केट जात्रा रोक्न दुष्प्रयास सिडिओले गरेका छन्, जात्रा रोक्न कफ्र्यु लगाउने तयारीसमेत गरियो भन्ने सुनेको छु, हाम्रो जात्रा रोक्ने प्रयास भए त्यसको प्रतिवाद गरिन्छ”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “कफ््यु लगाए प्रतिवादमा अगाडि म आउँने छु, ढुक्क भएर भव्यरुपमा जात्रा मनाउनुस् ।”

मध्यपुरथिमि नगरपालिकाको रू दुई लाख ५० हजार आर्थिक सहयोगमा कूल रू चार लाखको लागतमा शुरु भएको प्रतियोगिता ३१ वटा खलः पुचःको सहभागिता रहेको आयोजक ओस्ला नेपालका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई रु १५ हजार, दोस्रो हुनेलाई रु १० हजार र तेस्रो हुनेलाई रु पाँच हजार नगद पुरस्कारसहित शिल्ड, पदक, प्रमाणपत्र प्रदान गरिने भएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi