आधारभूमि संवाददाता
काठमाडौं, चैत २८
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. २, बालकोटमा ३५ लाख लागतमा बालकोट मिट मार्ट संचालनमा आएको छ । मासु पारखीहरुको स्वास्थ्यलाई मध्यनजर गरि खसी तथा जिउँदो लोकल कुखुरा, ब्रोइलर, प्यारेन्ट, हाँस, माछा लगायतको मासु उपलब्ध हुने संचालकहरु राजेश कार्की र दिपेन्द्र कार्कीले जानकारी दिए । यस मिट मार्टमा ग्राहको स्वास्थ्यलाई मध्यनजर गर्दै सरसफाईमा विशेष ध्यान पुर्याइएको छ । विदेशमा बटुलेको शीपलाई स्वदेशमा उपयोग गरि ग्राहकको मन जित्ने विश्वास लिएको संचालकहरुले बताए ।
यसका साथै बिवाह, पास्नी, बर्थडे लगायत अन्य भोज तथा कार्यक्रमका लागि पनि मासु उपलब्ध हुनुका साथै होम डेलिभरीको सुविधा रहेको संचालकहरुले जानकारी दिए ।