neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नेपाल यातायात श्रमिक संघद्वारा रक्तदान

नेपाल यातायात श्रमिक संघद्वारा रक्तदान

Apr 9th, 2021

काठमाडौं ,चैत २७

राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) आवद्ध नेपाल यातायात श्रमिक संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राजधानीको गोंगवुस्थित नयाँबसपार्क परिसरमा आयोजित सो कार्यक्रममा नेपाल रेडक्रस सोसाईटिका निर्देशक दिव्यराज पौडेल लगायत एक सय पाच जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।

उपत्यकाका रक्तसंचार केन्द्रमा रगत संकलन कम भइरहेको र रगतको माग बढिरहेको वर्तमान अवस्थामा टुकोन अन्तर्गतको यातायात श्रमिक संघले रक्तदान कार्यक्रमको आयोजना गरेर रगत संकलनमा ठूलो टेवा पुगेको ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का अध्यक्ष हिक्मत जंग भण्डारीले बताउनुभयो ।

मौषम परिवर्तनका कारण उपत्यकामा बिरामीहरुको चाप बढिरहेको अवस्थामा नयाँ बसपार्क परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरि सोचेभन्दा बढी रक्तदाताहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रकहरुलाई निरन्तरता दिइने नेपाल यातायात श्रमिक संघका संयोजक प्रज्वल शाहले बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi