neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजन बीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजन बीच सम्झौता

Apr 9th, 2021

काठमाडौ, चैत २७

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजन बीच २०७८ सालको लागि टिभिसी प्रसारण गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा। महेन्द्र बिष्टले हस्ताक्षर गरेका हुुन । सम्झौता पछि राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराएको टिभिसी नेपाल टेलिभिजनबाट दैनिक १४ पटक लामो समाचार अगाडि प्रसारण गर्नेछ ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात बैंकको व्यवसाय बृद्धि तथा सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पुग्ने विश्वास व्यक्त गरे । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा। महेन्द्र बिष्टले दुबै संस्थाको विश्वास र इमेज बढेर जाने बताए । उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, उपकार्यकरी अधिकृतद्धय सरस्वती अधिकारी र देवेशप्रसाद लोहनी, विभागीय प्रमुख सरोज वस्नेत, नेपाल टेलिभिजनका व्यापार महाशाखा प्रमुख राजकुमार थापा लगायत दुबै संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।