neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • चीन र भारतको मौनताप्रति आश्चर्य , म्यानमारमा भैरहेको हत्या र दमन विरुद्ध कविहरु

चीन र भारतको मौनताप्रति आश्चर्य , म्यानमारमा भैरहेको हत्या र दमन विरुद्ध कविहरु

Apr 8th, 2021

काठमाडौ, चैत २६

ब्रह्माको सुरलोक हो अघि ठूलो बर्मा भयो त्यै पछि, सत्ता सैनिकले लिदा मुलुकको ऐले भयो
दुर्गति जुन्ताको सरकारले यति ठूलो संहार ऐले गर्यो,बोलेनन् किन चीन भारत दुवै आश्चर्य मान्नै पर्यो”
मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित मासिक शान्ति काव्य प्रवाहको ८८ औँ श्रृंखलामा म्यानमारमा यति ठूलो अत्याचार भइरहँदा बर्माका छिमेकीहरु चीन र भारतको मौनताबारे प्रश्न गर्दै कवि रत्ननिधि रेग्मीद्वारा प्रस्तुत कविताको अंश हो यो ।

कोभिड त्रासदीका कारण १४ महिना स्थगन पश्चात चैत २६ गते काठमाण्डौमा सुचारु भएको शान्ति काव्य प्रवाहमा कविहरुले म्यानमार (बर्मा)मा भइरहेको अत्याचारको निन्दा गर्दै बर्मेली जनताको जीवन रक्षा र शान्ति वहालीका लागि समस्त विश्व एक भएर लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले बर्मामा लोकतन्त्रको पक्षमा उभिएका दुई जना कविहरुको हत्या र नौ जना कविहरुको गिरफ्तारीको निन्दा र भत्र्सना गर्दै बर्मेली जनताको लोकतन्त्र पुर्नस्थापनाको अहिंसात्मक आन्दोलनमा विश्वका सबै कवि लेखकहरुले साथ दिनुपर्ने बताए ।

शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनीले बर्मेली जनताको स्वतन्त्रताको अहिंसात्मक आन्दोलनप्रति ऐक्यवद्धता व्यक्त गरे । शान्ति समाज केन्द्रीय सभापति गोविन्द खनालको सभापतित्व र महासचिव रामकृष्ण बरालको सञ्चालनमा सम्पन्न काव्य प्रवाहमा सहभागि कविहरुलाई शान्ति समाजका आजीवन सदस्य कवि रामबाबु दाहालको हालै प्रकाशित कविता संग्रह ‘मनका स्वरहरु’ र शान्ति समाजका तर्फबाट मास्क, स्यानिटाइजर र साबुनसहित रु. ७ हजार ५ सयको स्वास्थ्य सामग्री उपहार स्वरुप प्रदान गरिएको थियो ।

काव्य प्रवाहमा कविहरु ज्ञानुवाकर पौडेल, रामबहादुर पहाडी, साधना प्रतिक्षा, ऋचा, रत्ननिधि रेग्मी, प्रकाशमणी दाहाल, रत्नलक्ष्मी श्रेष्ठ, जसध्वज गुरुङ, प्रिति कौर, त्रिपुरा पौडेल, दुर्गा किरण तिवारी, विमला दाहाल, रुद्र अधिकारी, भुवन शिवाकोटी, मुकुन्द न्यौपाने, निर्मल पराजुली, शेरबहादुर अधिकारीसहित १८ जनाले कविता वाचन गरेका थिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi