काठमाडौ, चैत २६
नबिल बैंकले नया“ वर्ष २०७८ को शुभ अवधिमा ग्राहकहरुका लागि क्यास व्याक अफर ल्याएको छ । दराज संगको साझेदारीमा यही चैत २९ गते देखि २०७८ बैशाख सात गतेसम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत सपिङ्ग गरि १५ प्रतिसत छुट वा अधिकतम एक हजार रुपैयाँ क्यास व्याक र क्रेडिट कार्ड मार्फत सपिङ्ग गरि २० प्रतिसत छुट वा अधिकतम १५ सय रुपैयाँ क्यास व्याक प्राप्त गर्न सक्नेछन ।
यो अफर शुरू हुनमात्र २ दिन रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलि ग्राहकहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यास ब्याक अफरको लाभ लिई ढुक्क हुन सक्नेछन् । सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको ११९ शाखा, १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेकाछन ।
नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।