neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

पोर्टोमाथि चेल्सीको सहज जित

Apr 8th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत २६

चेल्सीले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा सहज जित निकालेको छ ।बुधबार राति भएको खेलमा चेल्सीले पोर्टोलाई २-० गोलले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन मेसन माउन्ट र बेन चिलवेलले एक-एक गोल गरे ।चेल्सीले एक गोल पहिलो हाफमा र एक गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ३२ औं मिनेटमा मेसन माउन्टले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। ।

त्यसपछि दोस्रो हाफको ८५ औं मिनेटमा बेन चिलवेलले गोल गर्दै टोलीलाई २-० को जित दिलाए । ।

अब दोस्रो लेग अप्रिल १३ मा चेल्सीको मैदानमा हुनेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi