आधारभूमि संवाददाता
काठमाडौं, चैत २५
रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा सहज जित निकालेको छ ।मंगलबार राति भएको खेलमा रियल मड्रिडले लिभरपुललाई ३-१ गोलले पराजित गरेको हो ।
रियल मड्रिडलाई जित दिलाउन भिनिसियस जुनियरले दुई गोल र मार्को एसेन्सिओले एक गोल गरे ।लिभरपुलका मोहमद सलाहले एक गोल गरे ।
खेलको २७ औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए। ३६ औँ मिनेटमा मार्को एसेन्सिओले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।
दोस्रो हाफको ५१ औं मिनेटमा लिभरपुलका मोहमद सलाहले गोल गर्दै २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ६५ औं मिनेटमा भिनिसियस जुनियरले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३-१ को जित दिलाए ।
अब दोस्रो लेग अप्रिल १४ मा एनफिल्डमा हुनेछ ।