neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

म्यानचेस्टर सिटीको सहज जित

Apr 7th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत २५

म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा सहज जित निकालेको छ ।मंगलबार राति भएको खेलमा सिटीले डर्टमण्डलाई २-१ गोलले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन केविन डी ब्रुएन र फिल फोडेनले एक एक गोल गरे । डर्टमण्डका मार्को रियसले एक गोल गरे ।

खेलको १९ औँ मिनेटमा केविन डी ब्रुएनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ८४ औं मिनेटमा डर्टमण्डका मार्को रियसले गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि खेलको ९० औं मिनेटमा सिटीका फिल फोडेनले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

अब दोस्रो लेग अप्रिल १४ मा डर्टमण्डको मैदानमा हुनेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi