neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

मुर्ती चोरी गरेको अभियोगमा पक्राउ

Apr 6th, 2021

ललितपुर, २४ चैत

ललितपुर महानगरपालिका-१६ धौगलबजारस्थित मुर्ती बनाउने स्थानबाट १६ थान धातुको मुर्ती चोरी गरेको अभियोगमा ललितपुर महानगरपालिका-१२ मंगलबजार बस्ने काभ्रे वेथानचोक गाउँपालिका-६ घर भएका ४८ वर्षीय राज कुमार सुनारलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

मुर्ती बनाउने स्थानबाट चैत १३ गते विभिन्न आकृतिका धातुका मुर्तीहरु चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न सुनारलाई चोरी भएका सम्पूर्ण मुर्ती सहित ललितपुर बालकुमारीबाट प्रहरीले पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi