neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामको सहज जित

प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामको सहज जित

Apr 6th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत २४

इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामले सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा वेस्ट ह्यामले वोल्भसलाई ३-१ गोलले पराजित गरेको हो ।

वेस्ट ह्यामलाई जित दिलाउन जेसी लिंगार्ड,पाब्लो फोर्नेल्स र जारोड बोवेनले एक एक गोल गरे ।वोल्भसका लियान्डर डेंडनकर र फेबियो सिल्वाले एक-एक गोल गरे ।

खेलको छैठौं मिनेटमा जेसी लिंगार्डले गोल गर्दै वेस्ट ह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए। १४ औँ मिनेटमा पाब्लो फोर्नेल्सले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ३८ औं मिनेटमा जारोड बोवेनले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

खेलको ४४ औं मिनेटमा वोल्भसका लियान्डर डेंडनकरले गोल गर्दै ३-१ को स्थितिमा ल्याए ।

दोस्रो हाफको ६८ औं मिनेटमा वोल्भसका फेबियो सिल्वाले गोल गर्दै ३-२ को स्थितिमा ल्याए ।त्यसपछि कुनै गोल हुन सकेन र वेस्ट ह्यामले जित निकालेको हो ।

जितसँगै वेस्ट ह्यामले ३० खेलबाट ५२ अंक जोडेको छ र चौथो स्थानमा उक्लिएको छ । पराजित वोल्भको ३० खेलबाट ३५ अंक छ १४ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi