neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

डेम्बेलेको गोलमा बार्सिलोनाको जित

Apr 6th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत २४

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ ।। गएराति भएको खेलमा बार्सिलोनाले भ्लालाडोलिडलाई १–० ले पराजित गरेको हो ।

खेलको ७९ औं मिनेटमा भ्लालाडोलिड १० खेलाडीमा समेटिएको थियो ।भ्लालाडोलिडका ऑस्कर प्लानोले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

बार्सिलोनालाई जित दिलाउन ओसुमाने डेम्बेलेले गरेको गोल नै निर्णायक बन्न पुग्यो । डेम्बेलेले खेलको ९० औं मिनेटमा सो गोल गरेका हुन् ।

जितसँगै बार्सिलोनाले २९ खेलबाट ६५ अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ । पराजित भ्लालाडोलिडको २९ खेलबाट २७ अंक जोडेको छ र १७ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi