neapl investment mega bank
  • गृहपृष्ठ
  • साँग्रिला डेभलपमेन्ट बैंकको १६ औं बार्षिक साधारण सभा सम्पन्न

साँग्रिला डेभलपमेन्ट बैंकको १६ औं बार्षिक साधारण सभा सम्पन्न

Apr 5th, 2021

काठमाडौ, चैत २३

साँग्रिला डेभलपमेन्ट बैंकले १६ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले सोमबार काठमाडौंस्थित लैनचौर बैंकेटमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभाले हाल कायम रहेको चुक्ता पुंजी दुुई अर्ब ६० करोड ,६६ लाख ४० हजार चार सय रुपैयाँ मध्येबाट पाँच प्रतिसत बोनस सेयर बितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसैगरी सभाले कर प्रयोजनको लागि हाल कायम रहेको चुक्ता पुंजी मध्येबाट शुन्य दसमलव २६ प्रतिसत नगद लाभांस बितरण गर्ने समेतको प्र्र्रस्ताव पारित गरेको छ ।

बैंकले हाल सबै क्षेत्रमा गरी देशभर ९५ वटा शाखा कार्यालयहरु एवं ३१ वटा एटिएम काउन्टर मार्फत बित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीमा उत्कृष्ट अभ्यासलाई पालना गरेको जानकारी पनि बैंकले दिएको छ ।