neapl investment mega bank
  • गृहपृष्ठ
  • सानिमा बैंकको केवाईसी विद्युतीय माध्यमबाट अद्यावधिक गर्न सकिने

सानिमा बैंकको केवाईसी विद्युतीय माध्यमबाट अद्यावधिक गर्न सकिने

Apr 5th, 2021

काठमाडौ, चैत २३

सानिमा बैंक लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दे विद्युतीय माध्यमबाट आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सक्ने सुविधा संचालनमा ल्याएको छ । सानिमा बैंकको ग्राहकहरुले बैंकको वेबसाइटमा लग ईन गरी अनलाईन केवाईसीमा अपडेटमा क्लिक गरी विद्युतीय फारममा आवश्यक विवरण भरेर आफ्नो व्यक्तिगत विवरण (केवाईसी) अद्यावधिक गर्न सक्नेछन ।

यद्धापी मोबाइल नम्बर परिवर्तन गर्न र ल्याप्चे सहितको विवरणको लागि भने सम्बन्धित ग्राहकहरुले आपूmलाई पायक पर्नेे शाखामा सम्पर्क राख्नु पर्नेछ । बैंकमा उपस्थित नभई आपूm अनुकूल स्थान र समयमा व्यक्तिगत विवरण छिटो, छरितो र सुरक्षित तरिकाले अद्यावधिक गर्न सकिने हुनाले यो सुविधाबाट धेरै भन्दा धेरै ग्राहकवहरुलाई लाभान्वित हुने बैंकको विश्वास रहेको छ । सानिमा बंैकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टरर ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।