काठमाडौ, चैत २३
नेपालको उत्कृष्ट कन्ज्युमर एवं भरपर्दो इलेक्ट्रोनिक्स ब्राण्ड सामसुङले नयाँ वर्ष २०७८ सालको अवसरमा,“सुरुवात नयाँ उत्साहको” योजनालाई सार्वजनिक गरेको छ । कोभिड– १९ लकडाउन पछि सामान्य बन्दै गइरहेको अवस्थामा सामसुङले नयाँ योजना सार्वजनिक गरेको हो । यस योजनाले वास्तवमै ग्राहकहरुमा नयाँ वर्षमा थप उत्साह प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।
नयाँ वर्षको अवसरमा प्रदान गरिएको यो योजनामा ग्राहकहरुले टिभि, रेफ्रिजेनेरेटर तथा वासिङ्ग मेसिनहरको खरिदमा ३५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन । सामसुङ नेपालले उत्कृष्ट प्रविधि तथा नवीन उत्पादनहरु ग्राहकहरु समक्ष पु¥याउन निरन्तर कार्य गर्दै आइरहेको छ, जसले गर्दा प्रयोगकर्ताहरुलाई अधिकतम सुविधा प्रदान गरी वहाँहरुको जीवनस्तरलाई अझै सहज बनाउन सहयोग गर्दै आएको छ ।