neapl investment mega bank
  • गृहपृष्ठ
  • वायु प्रदुषणमा काठमाडौँ शहर एक नम्बरको सुचीमा

वायु प्रदुषणमा काठमाडौँ शहर एक नम्बरको सुचीमा

Apr 5th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, २३ चैत

काठमाडौँ विश्वको बायु प्रदुषित शहरहरुको सुचीमा एक नम्बरमा परेको छ । गत शुक्रबार बर्षा भएर प्रदुषण हटेको केही दिनमै फेरी उपत्यका सहितका शहरहरुमा बायु प्रदुषण बढेको हो ।

वायु प्रदुषणबारे मापन गर्ने आईक्यु एयर डट कमको सोमवार विहान १० बजे सम्मको अपडेटमा काठमाडौँलाई विश्वको सबैभन्दा धेरै वायु प्रदुषित शहरको एक नम्वरमा राखेको छ ।काठमाडौँमा अहिले तुवाँलोले ढाकेको छ । घाम लाग्न सकेको छैन । काठमाडौँको भिजिविलिटी १५ सय मिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बन तथा भु संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालाीको पछिल्लो अपडेटमा देशका ७०० भन्दा बढि स्थानमा डढेलो र आगलागी भएका छन् ।

तुवाँलो लाग्नुको प्रमुख कारण देशका विभिन्न भेगमा लागिरहेको डढेलो रहेको बताईएको छ ।
आगलागी र डढेलो सँगै प्रदुषित हावा काठमाडौँको आकाशमा आएर थुप्रिएको बातावरण विद्हरुले जानकारी दिएका छन् ।