आधारभूमि संवाददाता
काठमाडौ, २३ चैत
काठमाडौँ विश्वको बायु प्रदुषित शहरहरुको सुचीमा एक नम्बरमा परेको छ । गत शुक्रबार बर्षा भएर प्रदुषण हटेको केही दिनमै फेरी उपत्यका सहितका शहरहरुमा बायु प्रदुषण बढेको हो ।
वायु प्रदुषणबारे मापन गर्ने आईक्यु एयर डट कमको सोमवार विहान १० बजे सम्मको अपडेटमा काठमाडौँलाई विश्वको सबैभन्दा धेरै वायु प्रदुषित शहरको एक नम्वरमा राखेको छ ।काठमाडौँमा अहिले तुवाँलोले ढाकेको छ । घाम लाग्न सकेको छैन । काठमाडौँको भिजिविलिटी १५ सय मिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बन तथा भु संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालाीको पछिल्लो अपडेटमा देशका ७०० भन्दा बढि स्थानमा डढेलो र आगलागी भएका छन् ।
तुवाँलो लाग्नुको प्रमुख कारण देशका विभिन्न भेगमा लागिरहेको डढेलो रहेको बताईएको छ ।
आगलागी र डढेलो सँगै प्रदुषित हावा काठमाडौँको आकाशमा आएर थुप्रिएको बातावरण विद्हरुले जानकारी दिएका छन् ।