neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

म्यानचेस्टर युनाईटेडको सहज जित

Apr 5th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, चैत २३

म्यानचेस्टर युनाईटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ ।आइतबार राति भएको खेलमा युनाईटेडले ब्राइटनलाई २-१ गोलले पराजित गरेको हो ।

युनाईटेडलाई जित दिलाउन मार्कस र्यासफोर्ड र मेसन ग्रीनवुड ले एक-एक गोल गरे ।ब्राइटनको ड्यानी वेलबेकले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता भने ब्राइटनले लिएको थियो। खेलको १३ औं मिनेटमा ड्यानी वेलबेकले गोल गर्दै ब्राइटनलाई सुरुवाती अग्रता दिलाएका थिए ।तर, दोस्रो हाफको ६२ औं मिनेटमा युनाईटेडका मार्कस र्यासफोर्डले गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८३ औं मिनेटमा मेसन ग्रीनवुडले गोल गर्दै युनाईटेडलाई २-१ को जित दिलाए ।

जितसंगै म्यानचेस्टर युनाईटेडले ३० खेलबाट ६० अंक जोडेको छ र दोस्रो स्थानमा छ ।पराजित ब्राइटनको ३२ अंक छ र १६ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi