neapl investment mega bank
  • गृहपृष्ठ
  • घरमा खानाको क्षणहरुलाई यादगार बनाउन उपभोक्ताहरुलाई कोका कोलाको विशेष अफर

घरमा खानाको क्षणहरुलाई यादगार बनाउन उपभोक्ताहरुलाई कोका कोलाको विशेष अफर

Apr 5th, 2021

काठमाडौ, चैत २३
नेपालको सबै भन्दा बढी लोकप्रिय बेभरेज ब्रान्ड कोका कोलाले यस गर्मीमा “घरमा स्पेशल खानाको सानो ट्रिट” ट्याग लाइनका साथ उपभोक्ताहरूको लागि प्रवद्र्धन क्याम्पेन ल्याएको छ । उपभोक्ताहरुका लागि घरमा खानाको क्षणहरु विशेष र अविस्मरणीय बनाउन नेपालमा कोका कोलाले २.२५ लिटर प्याक साइजको कोका कोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलीलिटर प्याकको निःशुल्क प्राप्त गरेछन् । यो प्रमोशनल अफर कोक एण्ड मिल्स क्याम्पेनको एक हिस्सा हो जुन यो वर्षको शुरुमा सुरुवात गरिएको थियो । यसको मूल सन्देश– कोकसँग एउटा साधारण खानापनि एक उत्सवमा परिणत हुन सक्छ भन्ने रहेको छ ।

कोका कोलाले सधैं उपभोक्ताहरूसँग सम्बन्ध बलियो बनाउनको लागि सधै युनिक क्याम्पेन ल्याउँदै रोमाञ्चक र अविस्मरणीय अनुभवहरू प्रदान गर्दै आएको छ । कोका–कोलाले यस अफरका साथ उपभोक्ताहरूले कोक, फ्यान्टा र स्प्राइटको खानाको साथ रमाइलो र आनन्द मनाउने छन् भन्ने लक्ष्य राखेको छ । यो अफर सीमित अवधि को लागि मात्र उपलब्ध छ । यस अफर बिनाका स्टकहरु पनि बजारमा उपलब्ध छ । नियम र शर्तहरुको विवरण लागि उपभोक्ताहरुले प्रमोशनल प्याकको जानकारी हेर्न सक्नेछन् ।