neapl investment mega bank
  • गृहपृष्ठ
  • ज्वाला सिंहको नाममा चन्दा रकम माग गरेको अभियोगमा ४ जना पक्राउ

ज्वाला सिंहको नाममा चन्दा रकम माग गरेको अभियोगमा ४ जना पक्राउ

Apr 4th, 2021

बाँके, २२ चैत

ज्वाला सिंहको नाममा चन्दा रकम माग गरेको अभियोगमा ४ जनालाई नेपालगंज उपमहानगरपालिका-२२ पुरैनीबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा राप्तीसोनारी गाउँपालिका-४ सूर्यलालपुर बस्ने २४ वर्षीय विकास चौधरी, सोही गाउँपालिका-५ बस्ने मर्गनाथ भन्ने ४१ वर्षीय मेघनाथ चौधरी, सोही गाउँपालिका-२ बस्ने ४० वर्षीय भीम बहादुर भण्डारी र नेपालगंज उपमहानगरपालिका-३ सल्यानीबाघ बस्ने दाङ तुल्सीपुर उपमहानगरपालिका-१५ घर भएका २९ वर्षीय ज्योती प्रकाश चौधरी रहेका छन् ।

राप्तीसोनारी गाँउपालिका-५ जुरपानी वस्ने एक पुरुषसँग विगत १ हप्ता पहिलादेखि ज्वाला सिँह समूहको नामबाट फोन गरी २ लाख रूपैयाँ रकम चन्दा माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले आफूलाई ज्वाला सिंह समूह बताउने उनीहरूलाई चन्दा रकम माग गर्न प्रयोग भएको सिमकार्ड र चन्दा बापतको नगद १० हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।