neapl investment mega bank
  • गृहपृष्ठ
  • ठगी गरेको अभियोगमा गुडविल सहकारी संस्थाका अध्यक्ष पक्राउ

ठगी गरेको अभियोगमा गुडविल सहकारी संस्थाका अध्यक्ष पक्राउ

Apr 4th, 2021

काठमाडौं, २२ चैत

ठगी गरेको अभियोगमा ललितपुर कुमारीपाटीस्थित गुडविल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ललितपुर गोदावरी नगरपालिका-१४ ठैब बस्ने ४१ वर्षीय दिवाकर श्रेष्ठलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

दिवाकर लगायत संस्थाका अन्य पदाधिकारीहरू समेतको संलग्नतामा सर्वसाधारणलाई आफ्नो संस्थामा रकम जम्मा गरेमा बढी ब्याज दिलाई दिने भनि विश्वासमा पारि संस्थामा रकम जम्मा गर्न लगाई करिब ७९ करोड ८९ लाख ६४ हजार ५ सय २० रुपैयाँ ठगी गरेको भनी निक्षेपकर्ताहरूले चैत ५ गते महानगरीय प्रहरी परिसर ललितपुरमा दिएको किटानी जाहेरीका आधारमा खटिएको प्रहरीले चितवन भरतपुर महानगरपालिका-१० बाट उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।