काठमाडौ, चैत २२
अजोड इन्स्योरेन्सले कृषि तथा पशुपक्षी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले यही चैत २० गते देखि चैत २२ गतेसम्म इलामबजार स्थित कम्पनीको शाखा कार्यालय ईलाममा तीन दिन कृषि तथा पशुपक्षी बीमा अभिकर्ता तालिम सम्पन्न भएको हो उक्त तालिम कार्यक्रममा कृषि तथा पशुपक्षी विभागका विभागीय प्रमुख दिपक पोखरेल र का.मु.प्रवन्धक प्रेमराज पाण्डेले कम्पनीको तर्फबाट प्रशिक्षकको रुपमा कार्य गरे ।
सहभागी प्रशिक्षार्थीहरुलाई इलाम नगरपालिकाका मेयर महेश बस्नेतले प्रमाणपत्र वितरण गरेका थिए । उक्त तालिम कार्यक्रममा ४८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।