neapl investment mega bank
  • गृहपृष्ठ
  • नबिल बैंक र नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघ बिच सम्झौता

नबिल बैंक र नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघ बिच सम्झौता

Apr 4th, 2021

काठमाडौ, चैत २२

नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंक र नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघ बिच स्थानिय तयारी पोशाक उत्पादन व्यवसँयिहरुलँई आवश्यकता अनुसार बैंकको कर्जा नितिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गर्ने सम्झौता गरेको छ । निरज कुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई. तथा लघुवित्त, नबिल बैंकर किशोर नेपाल, अध्यक्ष, एन.एस.टी.पि.उ.एसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन । सो कार्यक्रममा नबिल बंैकको तर्फबाट मनोज कुमार यादव, प्रबन्धक–लघुवित्त विभाग र एन.एस.टी.पि.उ.एसको तर्फबाट सुमित प्रधान, उपाध्यक्षको उपस्थिति रहेको थियो ।

साझेदारीको बारेमा बोल्दैै निरज कुमार बस्नेत (डनिल)ले भने, “राष्ट्रको विकास केवल स्थानीय व्यवसायको उत्थान स“गै दिगो सीपको विकास, उत्पादनमा बृद्धि, रोजगारी सिर्जना र सजिलो वित्तिय पहु“चको माध्यमबाट मात्र सम्भव छ भन्ने कुरामा नबिल बैंक विश्वास रँख्दछ । यस रणनीतिक साझेदारीस“गै बैंकले देशको आर्थिक विकासमा योगदान पु¥याउने लक्षयका साथ स्थानीय तयारी पोशाक निर्माताहरुलाई उनीहरूको व्यवसाय बढाउन आवश्यक साना तथा मझौला कर्जा लगायत बिभिन्न प्रकारका बैंकिङ्ग सुविधा उपलब्ध गराउने छ । नबिल बैंक देशको एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एन.एस.टी.पि.उ.एस संगको यस सहकार्य मार्फत देशभरका स्थानीय व्यवसायिहरुको “मेक इन नेपाल“उत्पादनहरुलाई प्रोत्साहन गरि सहयोग पु¥याउन उत्साहित छ ।”

त्यस्तै नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघका अध्यक्ष, किशोर नेपालले भने “‘नेपाली उत्पादनहरू प्रयोग गरौं, राष्ट्र निर्माणमा सहयोग गरौं’ भन्ने मुल नाराका साथ नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघ स्थापना भएको छ । आयात प्रतिस्थापन गरी स्वदेशी वस्तुमा आत्मनिर्भर हु“दै जाने क्रममा स्वदेशी उत्पादन तयारी पोशाक एउटा ठुलो सम्भावना र आशाको किरण तथा सम्बृद्धिको बाटो हुनेमा हामी विश्वस्त छौ, बैकले भनेको छ ।

नबिल बैंकको बारेमा

नबिल बैंकले आÏनो देशभर ११९ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देश्मा रहेका एजेन्टको ब्रिहत सन्जाल मार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिरहेको छ.। एक उच्चप्रशिक्षित समुह र मजबूत र सुरक्षित बैंकिंङ प्रणालीको साथ तीन दशकभन्दा बढीको बैंकिङ अनुभवको साथ,नबिल बैंक ग्राहकहरुलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ ।

आर.एण्ड.डी. को बारेमा

बि.सं. २०७४ मा स्थापित, नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघ स्थानीय तयारी पोशाक उत्पादकहरूको एक गैर–सरकारी संस्थाहो, जुन समग्र स्थानीय तयारी पोशाक उत्पादन व्यवसायीहरुको सुरक्षाको साथ मूल्य एकरुपता लागू गर्न स्थापना भएको हो ।