neapl investment mega bank
  • गृहपृष्ठ
  • सिटिजन लाइफद्धारा बीमितलाई उपचार खर्च ३० लाख हस्तान्तरण

सिटिजन लाइफद्धारा बीमितलाई उपचार खर्च ३० लाख हस्तान्तरण

Apr 4th, 2021

काठमाडौ, चैत २२

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीय कार्यालय बुटवल शाखाले घातक रोगको दावी भुक्तानी रकम ३० लाख प्रदान गरेको छ । शनिबार कम्पनीले तिलोत्तमा नगरपालिका वडां नं ९ को मंगलापुरमा एक कार्यक्रम गरी उक्त रकम प्रदान गरेको हो ।

तिलोत्तमा नगरपालिका वडां नं ९ निवासी ४१ वर्षिय रामचन्द्र कंडेलले २०७६ श्रावण महिनामा सिटिजन लाइफको बुटवल शाखाबाट ३० लाखको वार्षिक अग्रिम भुक्तानी बीमा गरेका थिए । एक किस्ता बीमा शुल्क दुुई लाख ४६ हजार रुपैयाँ बुुझाएका कंडेल फर्निचर उद्योगमा काम गर्दागर्दै मुटुमा समस्या भइ उपचारको लागि काठमाडाँैको गंगालालमा गएका थिए । उनको उपचारकै क्रममा कम्पनिले सो ३० लाख विमाङ्क रकम प्रदान गरिएको क्षेत्रीय शाखा प्रबन्धक दुर्गा राजढकालले बताए । कंडेलजी को बीमा फर्निचर खरिद गर्ने क्रममा कम्पनीका अभिकर्ता ईश्वर भण्डारीले गराएका थिए । क्षेत्रीय प्रवन्धक ढकालले सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको अतिरिक्त सुविधामार्फत एउटा मात्र रोगको लागी नभई २० घातक रोगहरुको लागी बिल बिनानै ५० लाख सम्मकोउपचार खर्च कम्पनीले दिने र नेपालमै पहिलो पटक सेवा दिने गरी कम्पनीले धेरै क्षेत्रमा काम गरिरहेको बताए ।

बीमितका परिवारले पनि कम्पनीबाट प्राप्त रकमले उपचारमा धेरै आर्थीक सहयोग र हौसला प्राप्त भएको बताउँदै सिटिजन लाइफलाई धन्यवाद ज्ञापन गरे र उपस्थित सबै माझ बेलैमा बीमा गर्ने सल्लाह दिए ।

तिलोत्तमा नगरपालिका वडा नं ९ का. वडा अध्यक्षमिसु शाही, नेकपा एमाले केन्द्रिय सदस्य तथा जिल्ला समन्वय समितिका सदस्यक विराम अर्याल लगायत वरिष्ठ राजनितिज्ञ, समाजसेवीहरुले संयुक्त रुपमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन । कार्यक्रममा बोल्दै अध्यक्ष शाहीले यसरी जीवन बीमा कम्पनीले घरघरमै आएर उपचार खर्च दिएको पहिलो पटक थाहा पाएको बताइन । यसरी सिटिजन लाइफले रकम भुक्तानीको लागी अग्रपंक्तिमा काम गरोस् भनी प्रशंसा व्यक्त गरिन । कार्यक्रमको सन्चालक बर्दघाट शाखा प्रमुख मनोज सुबेदी र स्वागत मन्तव्य बुटवल शाखा प्रमुख पुर्ण चन्द्र सुबेदीले गरेका थिए ।