neapl investment mega bank

पहिलो दिन नै २५ अंकले बढ्यो नेप्से

Apr 4th, 2021

काठमाडौ, चैत २२

नेप्से आज आईतबार उच्च अंकले बढेको छ । आज नेप्से २५ दसमलव ७१ अंकले बढेर २६ सय ५७ दसमलव ६१ अंकमा पुुग्दा सेन्सिटिभ पनि चार दसमलव ३३ अंकले बढेर चार सय ७० दसमलव ७५ अंकमा चढेको छ । आज दुुई सय १२ वटा कम्पनीहरुको ८९ हजार आठ सय ६० पटकको कारोवारमा एक करोड ८१ लाख ७३ हजार तीन सय ७८ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम नौ अर्ब ६८ लाख ५८ हजार पाँच सय ५८ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा पाँच वटा समुहले गुमाएकाछन भने नौ वटाले कमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १४ दसमलव ६७ अंकले बढेर १८ सय २६ दसमलव २० अंकमा चढेकोमा बिकास बैंक, जलबिद्युुत, निर्जिवन बीमा, लघुुबित्त, जीवन बीमा, फाईनान्स र अन्य समुहको सुचक पनि बढेकाछन । टे«डिङ समुहको सुचक भने दुुई सय तीन दसमलव ५९ अंकले घटेर चार हजार चार सय ३४ दसमलव ८६ अंकमा झरेकोमा होटल तथा पयर्टन, उत्पादनमुुलक, सामुुहिक लगानी कोष र लगानी समुहको सुचक पनि घटेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा वोमी लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टेमन्ट कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक परेको छ ।