neapl investment mega bank

कति छ आज सुनचाँदीको मूल्य ?

Apr 4th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, चैत २२

सुनको मूल्य आज पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि पनि छापावाला सुनको मूल्य प्रतितोला रु ८७ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ८६ हजार ९५० तोकेको छ ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज पनि महासङ्घले चाँदीको मूल्य प्रतितोला रु १ हजार २ सय ४० तोकेको छ । यस अघि शुक्रबार पनि चाँदी प्रतितोला रु १ हजार २ सय ४० मा कारोबार भएको थियो ।