neapl investment mega bank
  • गृहपृष्ठ
  • उद्धार र राहत वितरण पूर्ण रुपमा पारदर्शिता : गैरआवासीय नेपाली संघ

उद्धार र राहत वितरण पूर्ण रुपमा पारदर्शिता : गैरआवासीय नेपाली संघ

Apr 4th, 2021

काठमाडौ, चैत २२

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सन् २०१९ को डिसेम्बरबाट विश्वभर फैलिरहेको कोभिड–१९को महामारीपछि भएका उद्धार र राहतको विवरण सार्वजनिक गरेको छ । संघले शनिवार साँझ भर्चुअल पत्रकार सम्मेलनको आयोजना गर्दै ५० देशका कम्तीमा पनि ३ सय भन्दा बढी शहरहरु र राज्यहरुमा रहेकाकरिब १ लाख ७० हजार भन्दा बढी नेपालीहरुलाई राहत दिएको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष कुमार पन्तले संघले नेपाल सरकारसँग मिलेर महामारीको बेला संघले खाना तथा बासको व्यवस्था, घर फिर्ती कार्यका लागि आंशिक हवाई टिकट तथा पीसीआर सेवा, मानसिक स्वास्थ्य परामर्श सेवा तथा स्वास्थ्य समस्यामा परेका नेपालीहरुलाई सहयोग गरेको बताउनुभयो ।

संघले समस्यामा परेका नेपालीश्रमिकहरु मध्ये घर फिर्तीको लागि ३२४ जनालाई पीसीआर तथा २१७ जनालाई आंशिक हवाईजहाज टिकटको समेत व्यवस्था गरिएको जनाएको छ । सम्मेलनमा गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राजशर्माले नेपालीहरुको मानसिक स्वास्थ्यलाई विशेष ध्यानमा राखेर संघलेविश्वभर दुई सय भन्दा बढि नेपाली डाक्टरहरु परिचालन गरेको जानकारी दिए । संघले कार्यकालागि अमेरिका, बेलायत, यूरोपियन क्षेत्र, मध्यपूर्वी क्षेत्र, अफ्रिकन क्षेत्र र एसियाप्रशान्त क्षेत्रहरुमाअनुभवी स्वास्थ्यकर्मी र डाक्टरहरुलाई परिचालनगरिएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

सम्मेलनमा संघका उपाध्यक्ष डा. बद्री केसीले अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सहयोगबाट रोजगारी गुमाएका, समान्य गल्तीका कारणले स्वदेश फर्कन बाध्य बनाइएका, महिला, अपाङ्गता भएका व्यक्ति, बिरामी जस्ता विशेष आवश्यकता भएका व्यक्तिका लागि खर्चिएको जानकारी दिनुभयो ।संघले अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सहयोग धेरै श्रमिक नेपालीहरु भएको देश मलेसिया, कतार, यूएई र साउदी अरब , बहराईन, कुवेत तथा ओमान लगायतका मुलुकमा राहत र उद्धारको विशेष अभियान चलाएको थियो ।

संघका प्रवक्ता डिबी क्षेत्रीले संचालन गरेको पत्रकार सम्मलेनमा संघका अन्य पदाधिकारीहरुको समेत उपस्थिती थियो ।