neapl investment mega bank
  • गृहपृष्ठ
  • हाङ चेम्जोङ निर्देशित नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियो)

हाङ चेम्जोङ निर्देशित नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियो)

Apr 4th, 2021

काठमाडौ, चैत २२

हाङ चेम्जोङ निर्देशित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मेरो सपनीमा‘.’ बोलको गीत चापेतीको आमा अफिसियलबाट बिहिबार सार्वजनिक भएको हो । जसको शब्द आकाश लिम्बूले कोरेका हुन् । एकान्त आङ्देम्बेको संगीत चन्दु गोर्खालीको एरेन्जमा तयार भएको गीतलाई एकान्त र दीपा लामाले गाएका हुन् ।

निर्देशक चेम्जोङ् कोरियामा ३ दर्जन जति म्युजिक भिडियो निर्देसन गरिसकेका र नेपाल आएर पनि निर्देशनमै व्यस्तछन् चेम्जोङ्ले नेपाल म्युजिक कल्चर अवार्ड २०७७ पपुलर निर्देशक अवार्ड पनि हात परिसकेका छन् भने त्यसै गरि इन्टरटेर्मेंट नेशनल अवार्ड २०२१ मा पनि निर्देसन सम्मान पाइसकेका छन् । भिडियोमा रुद्र पहिम र पुष्पाञ्जली तिल्लिङ मादेन (चापेतिकुम्मा)ले अभिनय गरेका छन् । जसलाई छायांकन मेघराज मगराती, श्रृंगार सुमन शंकर र सम्पादन विकास दाहालले गरेका हुन् ।

याक्थुङ कलाकार समाज हङकङका सल्लाहकार लोक आङबुहाङ, कलाकार लक्ष्मी योङहाङ, कृष्णराज नेम्बाङ, मनु थक्लुङ, गायकहरु ब्रबिम सेर्मा, यादन सेर्मा, सुमन लिम्बू, गायिकाहरु तुलसा आङ्देम्बे, गंगा फियाक, सिर्जना जबेगु, निरन्ता नेम्बाङलगायत भिडियोमा संलग्न कलाकार, प्राविधिक र अतिथिहरुको उपस्थितिमा सार्वजनिक भएको हो ।

ललितपुरको नखिपोटस्थीत युङ्चा रेष्टुरेन्टमा सार्वजनिक गरिएको कार्यक्रममा नेपाली गीतसंगीतलाई यस्ता स्तरिय म्युजिक भिडियोले अन्तर्राष्ट्रियस्तरमा पु¥याउने बताए । कलाकार तथा प्राविधिकहरुले काम गर्दाको अनुभव साटासाट गरेका थिए ।