neapl investment mega bank
  • गृहपृष्ठ
  • लियोन गोरेत्स्काको गोलमा बायर्नको जित,शीर्ष स्थानमा ७ अंकको अग्रता

लियोन गोरेत्स्काको गोलमा बायर्नको जित,शीर्ष स्थानमा ७ अंकको अग्रता

Apr 4th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत २२

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्न म्युनिखले आरबी लाइपजिगलाई १-० गोलले पराजित गरेको हो ।

बायर्नलाई जित दिलाउन लियोन गोरेत्स्काले निर्णायक एक गोल गरे । गोरेत्स्काले खेलको ३८ औँ मिनेटमा गोल गरेका हुन् ।

जितसंगै बायर्नले २७ खेलबाट ६४ अंक जोडेको छ र शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ । पराजित आरबी लाइपजिगको २७ खेलबाट ५७ अंक छ र दोस्रो स्थानमा छ ।