आधारभूमि संवाददाता
काठमाडौं, चैत २२
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई उसकै घरेलु मैदानमा ३-० गोलले पराजित गरेको हो ।
लिभरपुललाई जित दिलाउन डायगो जोटाले दुई गोल र मोहमद सलाहले एक गोल गरे ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६४ औँ मिनेटमा लिभरपुलका जोटाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको ६८ औं मिनेटमा सलाहले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।
त्यसपछि खेलको ८२ औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई सहज जित दिलाए ।
जितसँगै लिभरपुलले ३० खेलबाट ४९ अंक जोडेको छ र पाँचौं स्थानमा उक्लिएको छ । पराजित आर्सनलको ४२ अंक छ नवौं स्थानमा छ ।