आधारभूमि संवाददाता
काठमाडौं, चैत २२
फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।शनिबार राति भएको खेलमा लिल्लेले पीएसजीलाई उसकै घरेलु मैदानमा १-० गोलले पराजित गरेको हो ।
लिल्लेलाई जित दिलाउन जोनाथन डेभिडले निर्णायक एक गोल गरे । डेभिडले खेलको २० औँ मिनेटमा गोल गरेका हुन् ।
खेलको अन्तिम समयमा दुबै टोली १० खेलाडीमा समेटिएको थियो ।
पीएसजीका नेयमारले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।त्यस्तै लिल्लेका टियागोले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
जितसंगै लिल्लेले ३१ खेलबाट ६६ अंक जोडेको छ र शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । पराजित पीएसजीको ३१ खेलबाट ६३ अंक जोडेको छ र दोस्रो स्थानमा छ ।