आधारभूमि संवाददाता
काठमाडौं, चैत २२
इटालियन सिरी (ए) फुटबलमा युभेन्ट्स टोरिनोसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सलाई टोरिनोले २-२ गोलको बराबरीमा रोकेको हो ।
खेलमा युभेन्ट्सको लागि क्रिस्टियानो रोनाल्डो र फेडरिको चियासाले एक-एक गोल गरे भने टोरिनोको लागि एन्टोनियो सनाब्रियाले दुई गोल गरेका थिए।
खेलमा पहिलो अग्रता युभेन्ट्सलेनै लिएको थियो । खेलको १३ औं मिनेटमा फेडरिको चियासाले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको २७ औँ मिनेटमा टोरिनोका एन्टोनियो सनाब्रियाले गोल गर्दै खेल बराबरीमा ल्याए ।
खेलको ४६ औँ मिनेटमा टोरिनोका एन्टोनियो सनाब्रियाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।तर,खेलको ७९ औँ मिनेटमा युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल बराबरीमा ल्याए ।
बराबरीसँगै युभेन्ट्सले २८ खेलबाट ५६ अंक छ र चौथो स्थानमा छ ।टोरिनोको २८ खेलबाट २४ अंक छ र १४ औँ स्थानमा छ । शीर्ष स्थानको इनटर मिलानको २८ खेलबाट ६८ अंक छ।