neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

चेल्सी वेस्ट ब्रोमसँग पराजित

Apr 3rd, 2021

आधारभूमि संवाददाता

काठमाडौ, चैत २१

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी वेस्ट ब्रोमसँग पराजित भएको छ । शनिबार भएको खेलमा चेल्सीलाई वेस्ट ब्रोमले उसकै घरेलु मैदानमा ५-२ गोलले पराजित गरेको हो ।

वेस्ट ब्रोमलाई जित दिलाउन मैथियस परेरा र क्यालम रोबिन्सनले दुई-दुई गोल र एमबाए डायग्नले एक गोल गरे ।चेल्सीका क्रिश्चियन पुलिसिक र मेसन माउन्टले एक-एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने चेल्सीले लिएको थियो।खेलको २७ औं मिनेटमा क्रिश्चियन पुलिसिकले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको २९ औं मिनेटमा चेल्सी १० खेलाडीमा समेटिएको थियो । चेल्सीका थाआगो सिल्भाले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा मैथियस परेराले दुई गोल गर्दै वेस्ट ब्रोमलाई २-१ ले अघि बढाए।

दोस्रो हाफको ६३ औँ मिनेटमा क्यालम रोबिन्सनले गोल गर्दै वेस्ट ब्रोमलाई ३-१ ले अघि बढाए। ६८ औँ मिनेटमा एमबाए डायग्नले अब्राहमले गोल गर्दै टोलीलाई ४-१ ले अघि बढाए।

खेलको ७१ औं मिनेटमा चेल्सीका मेसन माउन्टले गोल गर्दै ४-२ को स्थितिमा ल्याए ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा वेस्ट ब्रोमका क्यालम रोबिन्सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ५-२ को जित दिलाए ।

हारसँगै चेल्सीले ३० खेलबाट ५१ अंक जोडेको छ र चौंथो स्थानमा छ ।वेस्ट ब्रोमको २१ अंक छ र पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi