neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

बराबरीमा रोकियो एसी मिलान

Apr 3rd, 2021

आधारभूमि संवाददाता
काठमाडौ, चैत २१

इटालियन सिरी (ए) फुटबलमा एसी मिलान सम्पादोरियासँग बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा एसी मिलानले १० खेलाडीमा सीमित सम्पादोरियासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलमा एसी मिलानको लागि जेन्स पेटटर हाउजले एक गोल गरे भने सम्पादोरियाको लागि फाबियोले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने सम्पादोरियाले लिएको थियो। खेलको ५७ औं मिनेटमा फाबियोले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए। तर,खेलको ८७ औं मिनेटमा एसी मिलानका जेन्स पेटटर हाउजले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

खेलको ५९ औं मिनेटमा सम्पादोरिया १० खेलाडीमा समेटिएको थियो । सम्पादोरियाका एड्रियन सिल्वाले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

बराबरी सँगै एसी मिलानले २९ खेलबाट ६० अंक जोडेको छ र दोस्रो स्थानमा छ।सम्पादोरियाको २९ खेलबाट ३६ अंक छ र १० औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi