neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बडुखोला र भण्डारी मूलको पानी टोखा पुर्‍याइने

बडुखोला र भण्डारी मूलको पानी टोखा पुर्‍याइने

Apr 2nd, 2021

काठमाडौँ, २० चैत /रास

टोखा नगरपालिकाले बडुखोला र भण्डारी मूलको पानी नगरवासीको घरसम्म पुर्‍याउने भएको छ ।

नगर क्षेत्रभित्रका बासिन्दालाई स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्यअनुसार टोखा नगरपालिका–१ मा रहेको बडुखोला र भण्डारी मूलको पानीलाई जनताका घरघरमा लैजान लागिएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख प्रकाश अधिकारीले बडुखोला र भण्डारी मूलको पानीलाई ट्याङ्कीमा जम्मा गरेर घरघर पुर्‍याउन लागिएको बताउनुभयो । “बडुखोला र भण्डारी मूलको पानी व्यवस्थित गरेसँगै टोखा वडा नं १, २ र ३ का जनतालाई खानेपानीका लागि सहज हुनेछ”, उहाँले भन्नुभयो ।

उक्त पानीलाई तारकेश्वर नगरपालिकामा समेत लैजान लागिएको छ । टोखा नगरपालिकाले उक्त पानीलाई टोखा र तारकेश्वरमा लैजानका लागि सर्भेको काम अगाडि बढाएको छ ।

टोखा र तारकेश्वरको उत्तरी क्षेत्रमा पानीको प्रशस्त स्रोत भए पनि दक्षिण क्षेत्रका बासिन्दालाई भने मेलम्ची खानेपानी आयोजनाबाट पानी वितरण गर्न लागिएको छ । गोंगबु, धापासी, नेपालटार क्षेत्रमा मेलम्चीको पानी लैजानका लागि पाइपलाइन खन्ने काम भइरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi