neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • अष्ट्रेलिया पठाईदिन्छु भनि ठगी गरेको अभियोगमा पक्राउ

अष्ट्रेलिया पठाईदिन्छु भनि ठगी गरेको अभियोगमा पक्राउ

Apr 2nd, 2021

काठमाडौं, चैत २०

अष्ट्रेलिया पठाईदिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका–८ ठेगाना भएका २३ वर्षीय अमित भुजेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

भुजेलले सर्ट टर्म ४५७ भिषामा २/२ वर्ष कामको लागि १०५ दिन भित्रमा पूरै प्रकृया गरी अष्ट्रेलिया पठाईदिन्छु त्यसका लागि प्रतिव्यक्ति छ लाख रुपैयाँ लाग्छ भनि दुुई जनाबाट नौ लाख रुपैयाँ लिई ठगी गरेको भन्ने पीडितबाट प्राप्त जाहेरीको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१६ माछापोखरीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi