neapl investment mega bank
  • गृहपृष्ठ
  • अनामनगरमा शनिबार बाथरोग, मधुमेह, थाइराइड र र्मिगौंलाको निःशुल्क परीक्षण हुने

अनामनगरमा शनिबार बाथरोग, मधुमेह, थाइराइड र र्मिगौंलाको निःशुल्क परीक्षण हुने

Apr 2nd, 2021

काठमाडौ, चैत २०

काठमाडौँको अनामनगर चोकमा बाथरोग, मधुमेह, थाइराइड तथा र्मिगौला रोगको निःशुल्क स्वास्थ्य परीक्षण हुने भएको छ । सिटी स्पेशलिटी हेल्थ क्लिनिकले आगामी चैत २१ गते (शनिवार) निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्न लागेको हो । सो शिविरमा सीबीसी, इएसआर, सुगर, युरिक एसिड, क्रिटिनाइन, एसजीपीटी, आरए फ्याक्टर, यूरीनआदिको निःशुल्क जाँचगरिनेछ भने चिकित्सकको सिफारिस अनुसार औषधि वितरण समेत गरिने आयोजकले जनाएको छ ।

साथै थाइराइड जाँच (टिएसएच) रु १५०, मुटुको जाँच (इसीजी) रु १०० र अन्यजाँचमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको सिटी स्पेशलिटी हेल्थ क्लिनिकका प्रवन्ध निर्देशक मीना थापा मगरले जानकारी दिनुभयो । साथै त्रिवेणी युवा क्लब सहकार्यमा अनामनगर चोकमा रक्तदान कार्यक्रम समेत सञ्चालन हुने बताएको छ ।

सिटी स्पेशलिटी हेल्थ क्लिनिक र त्रिवेणी युवा क्लब, कामनपा वडा कार्यालय २९, शिखर युवा क्लब, कालिका महाबिर स्पोर्ट क्लब, वीर गणेशमान सिंह, नागरिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन हुन लागेको हो ।