neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा पक्राउ

मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा पक्राउ

Apr 1st, 2021

भक्तपुर, चैत १९

मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–७ घर भएका २४ वर्षीय सरगम भन्ने श्याम कुमार भट्टराई, सिन्धुली ग्याङ्ग्ले गाउँपालिका–३ घर भएकी १९ वर्षीया मसेली भन्ने सुहाना तामाङ, नुवाकोट सूर्यगढी गाउँपालिका–४ घर भएकी ३१ वर्षीया मुना थापा मगर, काठमाडौं गोकर्णेश्वोर नगरपालिका–५ जोरपाटी बस्ने ५२ वर्षीय प्रकाश ढुंगेल र काठमाडौं कागेश्वटरी मनहरा नगरपालिका–१ गागालफेदी बस्ने ४७ वर्षीय राज कुमार सुनार रहेका छन् ।

पीडितका अभिभावकले आफ्नो छोरीलाई चैत १२ गते लिएर गएकी सुहाना तामाङले श्याम कुमार भट्टराईसँग मिलेर काठमाडौं माकलबारीमा फ्ल्याटमा राखी त्यहाँबाट होटलमा पुर्यारई ग्राहकसँग जवरजस्ती करणी गर्न लगाएको भन्ने जाहेरी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरु २ जनालाई पक्राउ गरेको तथा थप अनुसन्धानको क्रममा पाथिभरा फेमिली कटेज एण्ड खाजा घर सुन्दरीजल होटलमा बालिकालाई जबरजस्ती करणी भएको खुल्न आएपछि होटल संचालक प्रकाश ढुंगेल र मुना थापा मगर तथा जबरजस्ती करणी गर्ने राज कुमार सुनारलाई समेत बुधबार प्रहरीले पक्राउ गरेको हो ।

सुहानाले युवतीहरुलाई काम लगाई दिने प्रलोभनमा पारी श्याम कुमारको सम्पर्कमा पुर्या उने र श्याम कुमारले विभिन्न प्रलोभनमा पारी होटलमा पठाई जबरजस्ती करणी गर्न बाध्य बनाउने तथा अनिच्छुकलाई धाकधम्की दिई भाग्न उम्किन नदिई उक्त फ्ल्याटमा राख्ने गरेको र सोही क्रममा पीडित मध्येकी १६ वर्षीया किशोरी भाग्न सफल भई अभिभावकको सम्पर्कमा आएको अनुसन्धानको क्रममा खुल्न आएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi