neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • युरोपेली विश्वकप छनोटमा स्पेनको सहज जित

युरोपेली विश्वकप छनोटमा स्पेनको सहज जित

Apr 1st, 2021

आधारभूमि संवाददाता

काठमाडौं, चैत १९

युरोपेली विश्वकप छनोटमा स्पेनले सहज जित निकालेको छ ।बुधबार राति भएको समूह (बी) को खेलमा स्पेनले कोसोभोलाई ३-१ गोलले पराजित गरेको हो ।

स्पेनलाई जित दिलाउन डानि ओल्मो,फेरन टोरेस र जेरार्ड मोरेनोले एक-एक गोल गरे ।कोसोभोको बेसार हलीमीले एक गोल गरे ।

खेलको ३४ औं मिनेटमा डानि ओल्मोले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए ।लगत्तै ३६ औँ मिनेटमा फेरन टोरेसले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ७० औं मिनेटमा कोसोभोका बेसार हलीमीले गोल गर्दै २-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ७५ औं स्पेनका जेरार्ड मोरेनोले गोल गर्दै टोलीलाई ३-१ को सहज जित दिलाए ।

जितसँगै स्पेनले ३ खेलबाट ७ अंक जोडेको छ र समूह (बी) को शीर्ष स्थानमा छ ।पराजित कोसोभोको २ खेलबाट शून्यअंक छ र पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi