neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • युरोपेली विश्वकप छनोटमा इंग्ल्यान्डको लगातार तेस्रो जित

युरोपेली विश्वकप छनोटमा इंग्ल्यान्डको लगातार तेस्रो जित

Apr 1st, 2021

आधारभूमि संवाददाता

काठमाडौं, चैत १९

युरोपेली विश्वकप छनोटमा इंग्ल्यान्डले लगातार तेस्रो जित निकालेको छ ।बुधबार राति भएको समूह (आई) को खेलमा इंग्ल्यान्डले पोल्याण्डलाई २–१ गोलले पराजित गरेको हो ।

इंग्ल्यान्डलाई जित दिलाउन ह्यारी केन र ह्यारी मागुइरेले एक-एक गोल गरे। पोल्याण्डको जाकुब मोडेरले एक गोल गरे ।

खेलको १९ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५८ औं मिनेटमा पोल्याण्डका जाकुब मोडेरले गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको ८५ औं मिनेटमा इंग्ल्यान्डका ह्यारी मागुइरेले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए ।त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र इंग्ल्यान्डले जित निकालेको हो ।

जितसँगै इंग्ल्यान्डले ३ खेलबाट ९ अंक जोडेको छ र समूह (आई) को शीर्ष स्थानमा छ ।पराजित पोल्याण्डको ३ खेलबाट ४ अंक छ र चौंथो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi