काठमाडौ, चैत १८
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा आज बुुधबार काठमाण्डौंको बल्खु र ठमेलमा नयाँ दुई शाखा सञ्चालनमा ल्याएको छ ।
देशमा सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दे आएको छ । बल्खु र ठमेलमा नयाँ दुई शाखा संचालनमा आएपछि बैंकको कुल शाखा संख्या १२६ पुगेको छ भने बैंकले १० एक्सटेनसन काउण्टर २३ शाखारहितबैंकिङ्ग र ८८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दे आएको छ ।