काठमाडौ, चैत १८
बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकहरुलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि बिओके इकम युएसडी प्रिपेड कार्ड सेवा’ सुचारु गरेको छ । यो सुविधा अन्तर्गत बैंक अफ काठमाण्डूका खातावालग्राहकहरुले प्रतिवर्षमा पाँच सय अमोरिकी डलर सम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् ।
यो सेवा भारत बाहेक अन्य देशहरुको ई –कमर्स साइटहरुबाट एक पटक वा पटक पटक गरी पाँच सय अमोरिकी डलर सम्मको वस्तु वा सेवा अनलाइन भुक्तानी गर्न सक्नेछन् । इच्छुक ग्राहकहरुले नजिकको शाखामा आफ्नो प्यान कार्ड सहित निवेदन उपलब्ध गराई यो सुविधा उपभोग गर्न सक्नेछन ।
बैकले हाल ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।