neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

बेल्जियमको फराकिलो गोल

Mar 31st, 2021

आधारभूमि संवाददाता

काठमाडौं, चैत १८

युरोपेली विश्वकप छनोटमा बेल्जियमले फराकिलो जित निकालेको छ ।मंगलबार राति भएको समूह (ई) को खेलमा बेल्जियमले बेलारुसलाई ८-० गोलले पराजित गरेको हो ।

बेल्जियमलाई जित दिलाउन हंस वनकेन र लेन्ड्रो ट्रोसार्डले दुई-दुई गोल गरे ।त्यस्तै मिचि बत्शुयि,जेरेमी डोकू,डेनिस प्रेट र क्रिश्चियन बेन्टेकेले एक-एक गोल गरे ।

बेल्जियमले चार गोल पहिलो हाफ र चार गोल दोस्रो हाफमा गरेको हो ।

जितसँगै बेल्जियमले ३ खेलबाट ७ अंक जोडेको छ र समूह (ई) को शीर्ष स्थानमा छ ।पराजित बेलारुसको २ खेलबाट ३ अंक छ र चौंथो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi