काठमाडौ, चैत १७
राष्ट्रियस्तरको गरिमा विकास बैंकले समग्र बैकिङ्ग प्रणालीमा बढ्दो इन्टरनेट फ्रड फिसिङ बारे जनमानसमा चेतनामूलक सन्देश प्रवाहगर्ने लक्ष्यका साथ आफ्नो सबै सामाजिक संजालबाट एक महिना लामो “रहनुहोस् होसियार” नामक अभियान चलाईरहेको छ । यस अभियान अन्तर्गत हरेक दिन बैंकले इन्टरनेट फ्रड फिसिङ संग सम्बन्धित विभिन्न चेतनामूलक साम्रागीहरु आफ्नो सबै सामाजिक संजालबाट प्रकाशित गर्दै आईरहेको छ ।
चिट्ठा परेको छ भन्दै बैकिङ्ग विवरण मागेर मोबाईल बैकिङ्ग मार्फत हुने ठगीे र अरुलाई आफ्नो बैकिङ्ग विवरण दिँदा हुने नोक्सानी सम्बन्धमा विभिन्न पोष्ट, अडियो र भिडियो मार्फत बैंकले चेतनामूलक सूचना फैलाईरहेको छ । यसअभियान अन्तर्गत गरिमा विकास बैंकको आई.टि.विभागले आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई नियमितरुपमा प्रशिक्षण समेत गरिरहेको छ ।
हाल बैंकले ३५ जिल्लामा एक सय छ वटा शाखा कार्यालयहरु एवं ५१ एटिएमबाट सरल, सुरक्षित तथा गुणस्तरीय सेवा दिदै आईरहेको छ ।