neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बंगलादेशलाई पराजित गर्दै नेपाललाई थ्री नेसन्स कपको उपाधि

बंगलादेशलाई पराजित गर्दै नेपाललाई थ्री नेसन्स कपको उपाधि

Mar 29th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत १६

नेपालले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि जितेको छ । सोमबार भएको खेलमा नेपालले बंग्लादेशलाई २-१ गोलले पराजित गर्दै थ्री नेसन्स कपको उपाधि जितेको हो ।

दशरथ रंगशालामा भएको खेलमा नेपाललाई जित दिलाउन सन्जोग राई र विशाल राईले एक-एक गोल गरे । बंगलादेशका महबुबुर रहमानले एक गोल फर्काए ।

खेलको १८ औं मिनेटमा सञ्जोग राईले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । राईले सुनिल वलको कर्नरमा गोल गरेका हुन्।त्यसपछि ४२ औं मिनेटमा विशाल राईले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ८३ औं मिनेटमा बंगलादेशका महबुबुर रहमानले गोल गर्दै २-१ को स्थितिमा ल्याएका थिए ।त्यसपछि बाँकि समयमा कुनै गोल हुन सकेन र नेपालले जित निकालेको हो ।

योसँगै नेपालले ३७ वर्षपछि पहिलोपटक घरेलु मैदानमा उपाधि जितेको हो ।यस अघि नेपालले सन् १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो ।

जितसँगै नेपालले पाँच हजार डलर र उपविजेता बंगलादेशले तीन हजार डलर पुरस्कार प्राप्त गरेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi