neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

स्पेनको कठिनाई जित

Mar 29th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, चैत १६

युरोपेली विश्वकप छनोटमा स्पेनले कठिनाई जित निकालेको छ ।आइतबार राति भएको समूह (बी) को खेलमा स्पेनले जर्जियालाई २-१ गोलले पराजित गरेको हो ।

स्पेनलाई जित दिलाउन फेरन टोरेस र डानि ओल्मोले एक-एक गोल गरे ।जर्जियाको केभिचा कभारट्सखेलियाले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने जर्जियाले लिएको थियो।खेलको ४३ औं मिनेटमा केभिचा कभारट्सखेलियाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।तर, खेलको ५६ औं मिनेटमा स्पेनका फेरन टोरेसले गोल गर्दै खेल बराबरीमा फर्काए ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा स्पेनका डानि ओल्मोले गोल गर्दै टोलीलाई २-१ को सहज जित दिलाए ।

अन्तिम समयमा जर्जिया १० खेलाडीमा समेटिएको थियो ।जर्जियाका लेवान शेन्जेलियाले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

जितसँगै स्पेनले २ खेलबाट ४ अंक जोडेको छ र समूह (बी) को दोस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi