neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • दोश्रो राष्ट्रिय साईबर सुरक्षा गोष्ठी–२०७७ सम्पन्न

दोश्रो राष्ट्रिय साईबर सुरक्षा गोष्ठी–२०७७ सम्पन्न

Mar 28th, 2021

काठमाडौ, चैत १५

दोश्रो राष्ट्रिय साईबर सुरक्षा गोष्ठी–२०७७ सम्पन्न भएको छ । विश्वमा भईरहेको सूचना प्रविधिको बिकाससंगै यसको प्रयोगमा हुन सक्ने साईबर हमला तथा खतराहरुलाई मध्यनजर गर्दै नेपाली सेनाको साईबर सुरक्षा शाखाको संयोजकत्वमा त्रिभुवन आर्मी अफिसर्स क्लबमा यही चैत्र १२ गते शुरु भएको दुईदिने “दोस्रो राष्ट्रिय साईबर सुरक्षा गोष्ठि–२०७७“ यही चैत १३ गते सम्पन्न भएको नेपाली सेनाले जानकारी दिएको छ ।

प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्नष भएको उक्त दुई दिने गोष्ठीमा राष्ट्रिय साईबर सुरक्षा नीतिको आवश्यकता, निर्माण र प्रभावकारीता, राष्ट्रिय साईबर प्रतिरक्षा प्रणाली, राष्ट्रिय साईबर सुरक्षा अपरेशन केन्द्रको आवश्यकता, निर्माण र बनावट तथा राष्ट्रिय साईबर सूचना आदन–प्रदान संयन्त्र लागायतका एजेण्डाहरुमा व्यापक छलफल भएको थियो ।

सो समापन समारोहमा सरकारी नियकायहरुको तर्फबाट रक्षा मन्त्रालय, अर्थ मन्त्रालय संचार तथा सूचना प्रविधि मन्त्रालय, सूचना विभाग, नेपाल दुरसंचार प्राधिकरण, नेपाल टेलिकम, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा गैर सरकारी निकायहरुको तर्फबाट इन्टरनेट सर्भिस प्रोभाईडर एसोसिएसन अफ नेपाल (आईसपान), नेपाल बैकर एसोसिएसन, कम्युुटर एशोसिएसन अफ नेपाल, एनसेल, भैरव टेक्नोलोजी, सेन्टर फर साईबर सेक्युरिटी एण्ड रिर्सच इनोभेसन नेपाल, सहितका एक दर्जन संस्थाका विज्ञ प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
यस प्रकारको गोष्ठीबाट निस्केका गहन निष्कर्ष, राय तथा सुझावहरु राष्ट्रिय साईबर सूरक्षा तथा प्रतिरक्षा प्रणालीको विकासमा महत्वपूर्ण साबित हुने विश्वास नेपाली सेनाले लिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi