neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

नेदरल्याण्ड्सको सहज जित

Mar 28th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, चैत १५

युरोपेली विश्वकप छनोटमा नेदरल्याण्ड्सले सहज जित निकालेको छ ।शनिबार राति भएको समूह (जी)को दोस्रो खेलमा नेदरल्याण्ड्सले लाट्भियालाई २–० गोलले पराजित गरेको हो ।

नेदरल्याण्ड्सलाई जित दिलाउन स्टीवन बर्घुईस र लुक डी जोङले एक एक गोल गरे ।

खेलको ३२ औं मिनेटमा स्टीवन बर्घुईसले गोल गर्दे टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। ।त्यसपछि खेलको ६९ औँ मिनेटमा लुक डी जोङले गोल गर्दै टोलीलाई २-० को सहज जित दिलाए ।

जितसँगै नेदरल्यान्ड्सले २ खेलबाट ३ अंक जोडेको छ र समूह (जी) को तेस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi